Sagun Khabar
बैतडीको डिलेश्वरी माविमा काशी–पदमा विपन्न जेहेन्दार छात्रवृति कोष स्थापना 

बैतडी –बैतडीको पुर्चौंडी नगरपालिकास्थित डिलेश्वरी मावि हाटमा काशी–पदमा विपन्न जेहेन्दार छात्रवृति कोष स्थापना गरिएको छ । विद्यालयमा लामो समय सम्म शिक्षण पेशामा आवद्ध रहेका स्वर्गीय कासी कुँवर र उनका श्रीमति स्वर्गीय पदमा कुँवरको सम्झनामा छात्रवृति कोष स्थापना गरिएको हो । 

स्वर्गीय कुँवरका छोरा विनोदकुमार  कुँवर र बुहारी रेवती नेगी कुँवरको पहलमा छात्रवृति कोष स्थापना गरिएको हो । भिआइपी जनरल स्टोरले कोषका लागि हरेक बर्ष २४ हजार रुपैंया विद्यालयलाई उपलब्ध गराउने कुँवरले बताए । कोष स्थापनाका लागि पहल गर्ने कुँवर अहिले पुर्चौंडी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख पदमा कार्यरत रहेका छन् । 

यो बर्षको काशी–पदमा विपन्न जेहेन्दार छात्रवृति कोष कक्षा १० मा अध्ययनरत विनोदबहादुर कुँवर र कक्षा ९ मा अध्ययनरत ममता जोशीलाई प्रदान गरिएको छ । उनीहरुलाई जनही १२ हजारका दरले छात्रवृति प्रदान गरिएको कोषको प्रायोजक संस्था भिआइपी जनरल स्टोरका प्रोपाइटर रेवती नेगी कुँवरले बताइन् । 

विपन्न छात्रा छात्राहरुलाई पठनपाठनमा केही सहयोग होस भनेर कोषको स्थापना गरिएको कुँवरले बताए । विद्यालयको हरेक बर्षको बार्षिकोत्सवको दिन एक जना छात्र र एक छात्रालाई कोषका तर्फबाट छात्रवृति उपलब्ध गराइने कुँवरले बताए । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update