Sagun Khabar
बैतडीको डिलेश्वरी माविको ७५ औं बार्षिकोत्सव सम्पन्न 

बैतडी –बैतडीको पुर्चौंडी नगरपालिका १ हाटस्थित डिलेश्वरी माविको ७५ औं बार्षिकोत्सव विविध कार्यक्रमका साथ आज सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर बिष्टको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोहमा पुर्चौंडी नगरपालिकाका प्रमुख दिपकबहादुर बम प्रमुख अतिथी रहेका थिए । 

बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक विरेन्द्रबहादुर धानुकले बार्षिक प्रगति प्रतिवेदन तथा आयव्यय विवरण प्रस्तुत गरेका थिए । समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत सञ्चालन गरिएको थियो । 

यस्तै बार्षिकोत्सवको अवसरमा विद्यालयका उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कार समेत वितरण गरिएको छ । यस्तै कक्षा १ देखि ३ सम्म विद्यालयमा अध्ययनर दलित बालबालिकाहरुलाई पुर्चौंडी नगरपालिका वडा नं १ को तर्फबाट स्टेशनरी सहितको झोला वितरण गरिएको छ ।

वडा नं १ ले बजेट विनियोजन गरेर दलित बालबालिकाहरुलाई स्टेशनरी सहित झोला वितरण गरेको पुर्चौंडी नगरपालिका वडा नं १ का वडा अध्यक्ष गणेशबहादुर गडालले बताए । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update