Sagun Khabar
बैतडीको सिगासले बहुउद्देश्यीय खेल मैदान निर्माण गर्ने 

बैतडी –बैतडीको सिगास गाउँपालिकाले चालु आर्थिक बर्षमा बहुउद्देश्यीय खेल मैदान निर्माण गर्ने भएको छ । गाउँपालिकाको वडा नं ४ स्थित ओखलसैनमा पालिकास्तरीय खेल मैदान निर्माण गर्ने तयारी भएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए । 

गाउँपालिकामा खेल मैदान नहुँदा खेलकुदका गतिविधि अगाडि बढाउन समस्या भएकाले पालिकाले खेल मैदान निर्माणका लागि बजेट विनियोजन गरेको अध्यक्ष धामीले बताए । खेल मैदान निर्माणका लागि चालु आर्थिक बर्षमा ६३ लाख बजेट विनियोजन गरिएको सिगास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविन्द्र ओझाले बताए । 

१ सय मिटर लम्बाइ र १५० मिटर चौडाइ भएको खेल मैदान निर्माणका लागि तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत ओझाले बताए । उनले भने ‘खेलकुदका गतिविधि अगाडि बढाउनका लागि हामीले खेल मैदान निर्माणमा रकम विनियोजन गरेका छौं । यसै आर्थिक बर्षभित्र खेल मैदान निर्माण कार्य शुरु हुन्छ ।’

पालिकामा भलिबल, क्रिकेट लगायतका खेलकुदका गतिविधि अगाडि बढाउनका लागि मैदानको अभाव रहेकाले खेल मैदान निर्माणपछि सहज हुने सिगास गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश भट्टले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  ०७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update