बैतडी –पत्रकार महासंघ बैतडी साखाले आयोजना गरेको पत्रकार , कर्मचारी मैत्रीपूर्ण क्रिकेट आयोजना गर्ने भनि मंसिर २३ गते जिल्ला प्रशासन बैतडीको लेटरहेडमा सुचना निकालिएको छ । यसै खेल प्रतियोगिताको लागि भनेर बैतडीका सरकारी कार्यालयहरूबाट चन्दा संकलन गरिरहेको गुनासो आएको छ । पत्रकार महासंघका केही सदस्यहरूले क्रिकेट आयोजना गर्ने भनेर जिल्ला प्रशासनको लेटरहेड प्रयोग गरेर सरकारी कार्यालयबाट चन्दा संकलन गर्नु राम्रो नभएको भन्दै आलोचना भइरहेको छ ।
उक्त खेल प्रतियोगिता बारे बैतडीका धेरै पत्रकार हरूलाई जानकारी समेत गराइएको छैन । समग्र पत्रकारको नाम जोडेर गरिएको आयोजनामा पत्रकारहरू नै बेखबर हुनु न्यायोचित नभएको रेडियो निङ्गलाशैनीका प्रबन्ध निर्देशक महेश अवस्थीको भनाई छ ।
यस बिषयमा जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत खगेन्द्र भारतीसंग बुझ्दा खेलका नाममा जिल्ला प्रशासनलाई जोडेर चन्दा उठाउनु राम्रो नभएको बताएका छन । खेलको लागि कसैले सहयोग गर्नु फरक कुरा हो तर चन्दा नै संकलन गर्नु गलत भएको प्रशासकीय अधिकृत भारतीको भनाइ छ ।





