Sagun Khabar
बैतडीको पाटन ७ मा भोलि निःशुल्क  स्वास्थ्य शिविर सञ्चालन हुने

बैतडी- खानपिन तथा जीवनशैलीका कारण नसर्ने रोगहरुको प्रकोप बढ्दै गएपछि  बैतडीको पाटन नगरपालिकाले  भोलिबाट निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै छ ।  नगरपालिकाले   विभिन्न ठाउँमा नसर्ने रोगको  उपचार सेवा प्रदान गर्न लागेको  हो ।

भोलिबाट प्रथम चरणमा पाटन ७ को कैलपाल स्वास्थ्य चौकीमा  स्वास्थ्य शिविर लाग्ने पाटन नगरपालिकाका स्वास्थ्य  संयोजक मदन सिंह महराले  जानकारी दिए । १० ओटै वडामा निशुल्क स्वास्थ्य शिविर  सञ्चालनको  तयारी  भएकोमा  अहिले वडा नं १, ५, र ७ मा शिविर सञ्चालन हुने उनले बताए ।

सरुवा रोग भन्दा पनि मधुमेह, मुटु सम्बन्धि र क्यानसर जस्ता नसर्ने रोगहरु पछिल्लो समय बढदै गएकाले नागरिकहरुको स्वास्थ्यलाई ध्यानमा राखेर निशुल्क स्वास्थ्य शिविर  सञ्चालनको  भइरहेको स्वास्थ्य संयोजक महराले  बताए ।  प्रथम चरणमा वडा नं १ सकारमा रहेको प्रसुतिकेन्द्रमा  पौष ५ गते, पाटन ५ मा रहेको बसन्तपूर स्वास्थ्यचौकीमा पौष ७गते  र पाटन ७  को कैलपाल स्वास्थ्य चौकीमा पौष ३ गते स्वास्थ्य शिविर लाग्ने जनाएको छ ।

शिविरमा खानपिन तथा जीवनशैलीका कारण लाग्ने एक अर्कामा नसर्ने रोगहरुको परीक्षण, उपचार,परार्मश सेवा पदान गरिने स्वास्थ्य संयोजक महराले बताए । दम तथा फोक्सो सम्बन्धि ,उच्च रक्तचाप, तथा मुटु सम्बन्धि रोगहरु, मधुमेह,बाथजोर्नि दुखाई, स्तन र पाठेघरको क्यानसर,मानसिक स्वास्थ्य सम्बन्धि सेवा प्रदान हुने  नगरपालिकाले  जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

शिविरमा रोगअनुसारको  औषधि समेत वितरण गरिने बताइएको छ । उपचार सेवा लिन नगरपालिकाले  सबैलाई आग्रह समेत गरेको  छ । 

प्रकाशित मिति: शनिबार, पुस २, २०७९  १०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update