बैतडी-बैतडीको बाशुलिङ्ग बहुउदेश्यीय बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको छ । सुर्नया गाउँपालिका वडा नं २ लिस्किटा स्थित सहकारी संस्थाको १६ औँ साधारण सभा शनिबार सम्पन्न भएको हो ।
सहकारीका अध्यक्ष देव बहादुर चन्दको सभाध्यक्षता तथा सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर कुवँरको प्रमुख आतिथ्यतामा शनिबार साधारण सभा सम्पन्न भएको बाशुलिङ्ग बचत तथा ऋण सहकारीका सचिव केशब राज भट्टले जानकारी दिए ।
१६ औँ साधारण सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै बाशुलिङ्ग बहुउदेश्यीय बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक योगेश बहादुर चन्दले सहकारी संस्थाको कुल पुजि जम्मा २ करोड १ लाख ४६ हजार ६ सय २८ रहेको बताए ।
२०६३ सालमा स्थापना भएको बाशुलिङ्ग बहुउदेश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा अहिले ५ सय ७९ जना सेयर सदस्य, १सय ८१ बाल बचत कर्ता र १५ जना ऐच्छीक बचत कर्ता रहेका बताइएको छ ।
बाशुलिङ्ग बहुउदेश्यीय बचत तथा ऋण सहकारी संस्थामा पछिल्लो समय बचत कर्ता बढ्दै गएका छन् । यो संस्थाले न्यून व्याजदरमा कर्जा प्रवाह गर्दै आएकाले नागरिकहरुलाई विभिन्न काम गर्न सहज भएको छ ।




