Sagun Khabar
बैतडीको पाटनमा एक शिक्षक मृत फेला 

बैतडी –बैतडीको पाटनमा एकजना शिक्षक मृत फेला परेका छन् । बैतडीको सुर्नया गाउँपालिका २ ग्वानी घर भइ कृष्ण मावि पाटनमा कार्यरत शिक्षक धनबहादुर बिष्ट मृत अवस्थामा फेला परेका हुन् । 

अन्दाजी ५५ बर्षीय बिष्ट कृष्ण माविको छात्रवास पछाडि रहेको भिरालो ठाउँमा मृत अवस्थामा शनिबार दिउँसो फेला परेका इलाका प्रहरी कार्यालय पाटनका बरिष्ठ प्रहरी नायव निरीक्षक गौरव सिंहले जानकारी दिए । 

पाटनमा बहुमुखी क्याम्पसमा समेत पढाउँदै आएका बिष्टको मृत्युको कारण भने खुल्न सकेको छैन् ।  घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, पुस २, २०७९  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update