Sagun Khabar
वनवासामा  चरेश सहित एक नेपाली पक्राउ 

बैतडी –नेपालसंग सीमा जोडिएको भारतको वनवासामा चरेश सहित एक नेपाली पक्राउ परेका छन् । कैलालीको घोडाघोडी नगरपालिका १ का ४१ बर्षीय गंगाधर गौतमलाई भारतीय प्रहरीले पक्राउ गरेको हो । भारतीय सीमा सुरक्षा बल (एसएसबी) र प्रहरीको संयुक्त अभियान अन्तर्गत शारदा ब्यारेज नजिकबाट साढे दुई किलो चरेशसहित उनलाई पक्राउ गरिएको हो । 

भारतीय प्रहरीले उत्तराखण्डमा लागूऔषधविरुद्ध अभियान सञ्चालन गरिरहेको छ । सोही अभियान अन्तर्गत गौतमलाई चरेशसहित पक्राउ गरी चम्पावतस्थित जेल चलान गरेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, पुस २, २०७९  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update