Sagun Khabar
बैतडीको पाटन नगरपालिकाले ३ जना प्राविधिक कर्मचारीलाई बर्खास्त गर्यो 

बैतडी–बैतडीको पाटन नगरपालिकाले ३ जना प्राविधिक कर्मचारीहरुलाई बर्खास्त गर्ने निर्णय गरेको छ । शनिबार बसेको नगरकार्यपालिका बैठकले इन्जिनियर राजेन्द्रसिंह ठगुन्ना, सवइन्जिनियर भरत साउँद र लक्ष्मण महरालाई बर्खास्त गर्ने निर्णय भएको नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए । 

प्राविधिक कर्मचारीहरुले आफ्नो दायित्व पूरा नगरेका कारण उनीहरुलाई बर्खास्त गरिएको उपप्रमुख बोहराले बताए । पाटन नगरपालिकाको निर्माणाधिन भवन र अन्य भौतिक संरचना अनुगमन गर्दा गुणस्तरहीन पाइएकाले नगरपालिकाले प्राविधिक कर्मचारीमाथि कारवाही गरेको हो । 

प्राविधिक कर्मचारीहरुले भौतिक संरचना निर्माणका बेला ध्यान नदिएका कारण भौतिक संरचना गुणस्तरहीन बनेका नगरपालिकाको दाबी छ । केही दिन पहिलादेखि विभिन्न संरचनाहरुको अनुगमन गर्दा बनेका भौतिक संरचनाहरु गुणस्तरहीन पाइएका थिए । 
नगरपालिकामा कार्यरत प्राविधिकहरु करारमा राखिएका थिए । 
 

प्रकाशित मिति: शनिबार, पुस २, २०७९  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update