बैतडीको पञ्चदेवल मन्दिर अंकित हुलाक टिकट प्रकाशन
बैतडी –बैतडीस्थित पञ्चदेवल मन्दिर अङ्कित हुलाक टिकट प्रकाशन गरिएको छ । जिल्लाको दशरथचन्द नगरपालिका ४ देवलहाटस्थित ऐतिहासिक उक्त मन्दिरको चित्र अङ्कित हुलाक टिकट प्रकाशन गरिएको हो ।
नेपाल सरकार, सूचना तथा सन्चार प्रविधि मन्त्रालय, हुलाक सेवा विभागले उक्त टिकट प्रकाशन गरेको हो ।
ऐतिहासिक पञ्चदेवल अंकित हुलाक टिकट प्रकाशन भएपछि यहाँका नागरिक खुसी भएका छन् । हुलाक टिकटले पञ्चदेवलको प्रचारप्रसारमा थप बल पुग्ने स्थानीय गणेशदत्त भट्टले बताए ।
पञ्चदेवल द्वापरयुगमा पाण्डवहरुले बनाएको किम्वदन्ती रही आएको छ । पुरानो कलात्मक शैलीमा रहेका पञ्चदेवलमा स्थानीयहरुले पूजाआजा समेत गर्दै आएका छन् ।
प्रकाशित मिति: सोमबार, पुस ४, २०७९ ०९:१०
प्रतिक्रिया दिनुहोस्




