Sagun Khabar
बैतडीको पाटनमा खोका छाप्रा हटाउन नगरपालिकाको आग्रह 

बैतडी –बैतडीको पाटन नगरपालिकाले बजार क्षेत्रमा अतिक्रमण गरी खोका छाप्रा तत्काल हटाउन आग्रह गरेको छ । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै पदमसिंह महराको घरदेखि पछाडी बसपार्क सम्म भट्ट मेडिकलदेखि एयरपोर्ट सम्मको क्षेत्रमा निर्माण गरिएका खोका छाप्रा हटाउन आग्रह गरेको हो । 

सो क्षेत्रमा सडक निर्माणका लागि नयाँ शहर आयोजनाले टेण्डर आह्वा गरिसकेकाले ३५ दिनभित्र आँफै खोका छाप्रा हटाउन नगरपालिकाले आग्रह गरेको छ । नगरपालिकाको सूचनाको अवज्ञा गरी कसैले खोका छाप्रा नहटाए नगरपालिकाले आँफै खोका छाप्रा हटाउने बताएको छ । ती खोका छाप्रा हटाउन लाग्ने खर्च सम्बन्धित व्यक्तिबाट असुल गरिने समेत नगरपालिकाको सूचनामा उल्लेख गरिएको छ । 

नगरकार्यपालिकाको यही पौष २ गते बसेको बैठकले खोका छाप्रा हटाउने निर्णय गरेकाले सोही अनुसार सूचना जारी गरिएको नगरपालिकाले जनाएको छ । 
patan suchan1671437474.jpg

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update