पूर्व मन्त्री आलेलाई मातृ शोक
बैतडी –पूर्व मन्त्री प्रेमबहादुर आलेमगरलाई मातृ शोक परेको छ । आलेकी ७९ वर्षीया आमा गंगादेवी आलेको मंगलबार निधन भएको हो । उनको उपचारका क्रममा काठमाण्डौंमा मृत्यु भएको बताइएको छ ।
पूर्व मन्त्री आले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटव्युरो सदस्य तथा डोटीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।
प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९ १२:०४
प्रतिक्रिया दिनुहोस्




