Sagun Khabar
बैतडीको बाइम गाउँमा विद्युतीकरणका लागि पोल बोक्दै स्थानीय

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ७ को बाइम गाउँमा विद्युतीकरणका लागि स्थानीयहरुले पोल बोक्न थालेका छन् । आफ्नो गाउँमा विद्युतीकरणका लागि स्थानीयहरुले जनश्रमदानमा पोल बोक्ने काम गरिरहेको स्थानीय प्रदीप जोशीले बताए । 

धामीगाउँबाट बाइम गाउँमा स्थानीयहरुले पोल बोक्ने काम गरीरहेको अर्का स्थानीय जनकराज जोशीले बताए । धामीगाउँ सम्म विद्युत सेवा विस्तार भएको अब बाइम गाउँमा विद्युत सेवा विस्तारका लागि आफूहरुले पोल बोकीरहेको उनले बताए । 

आफ्नो गाउँमा विकासमा आँफै सहभागी भएर विद्युतीकरण गर्ने लक्ष्यका साथ पोल बोक्ने काम भइरहेको जोशीले बताए । 
 

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update