Sagun Khabar
बैतडीको मेलौली नगरपालिकामा तालाबन्दी 

बैतडी –बैतडीको मेलौली नगरपालिकामा तालाबन्दी गरिएको छ । १५ शैय्याको अस्पताल केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र भएकै ठाउँमा बनाउनुपर्ने माग गर्दै तालाबन्दी गरिएको हो । मेलौली नगरपालिका क्षेत्रभित्र १५ शैय्याको अस्पताल निर्माणका लागि वडा नं १ बिट्ठेनी र वडा नं ७ काँडा गरी दुई ठाउँमा जमीन रहेको छ । 

वडा नं ७ मा पहिलादेखि नै केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र रहेकाले सोही ठाउँमा अस्पताल बनाउनुपर्ने माग गर्दै नगरपालिकामा तालाबन्दी गरिएको संघर्ष समितिले जनाएको छ ।

२०७० सालदेखि मेलौलीमा अस्पताल निर्माणको कुरा अघि बढेको भएपनि दुई पक्षबीच विवाद हुँदा कार्यान्वयन हुन सकेको छैन् । यो भन्दा पहिला वडा नं १ का बासिन्दाहरुले बिट्ठेनी अस्पताल निर्माण हुनुपर्ने माग गर्दै तालाबन्दी गरेका थिए । 

अहिले वडा नं ७ का बासिन्दाहरुले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र भएकै ठाउँमा अस्पताल निर्माण हुनुपर्ने माग गर्दै तालाबन्दी गरेका हुन् । नगरपालिकामा अस्पतालकै बिषयलाई लिएर तालाबन्दी भएको जानकारी प्राप्त भएको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले बताए । 

gyapan 11671537265.jpg
gyapan 21671537238.jpg

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update