Sagun Khabar
बैतडीमा शिक्षक मृत्यु प्रकरण : भोलि जिल्लाभरीका शिक्षण संस्था बन्दका लागि आह्वान 

बैतडी –बैतडीका शिक्षक धनबहादुर बिष्टको मृत्यु प्रकरणमा सत्यतथ्य छानबीनका लागि दबाब दिने उद्देश्यले गठन भएको संघर्ष समितिले भोलि (बिहीबार) जिल्लाभरीका शिक्षण संस्था बन्दका लागि आह्वान गर्ने निर्णय गरेको छ । 

पाटन नगरक्षेत्रभित्रका विद्यालय लगातार दुईदिनदेखि बन्द रहेको अवस्थामा भोलि पनि बन्द रहने र जिल्लाभरीका शिक्षण संस्था बन्दका लागि आह्वान गर्ने निर्णय भएको संघर्ष समितिले जनाएको छ । 

सुर्नया गाउँपालिका २ ग्वानी घर भई विगत ३४ बर्षदेखि कृष्ण मावि पाटनमा अध्यापन गराउँदै आएका शिक्षक धनबहादुर बिष्ट यही पौष २ गते शनिबारका दिन मृत फेला परेका थिए । शिक्षक बिष्टको भबितब्य मृत्यु नभइ हत्या भएकाले दोषी पहिचान गरेर कारवाही हुनुपर्ने माग गरिएको छ । 

dicision 11671618981.jpg

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update