खोड्पेका एक व्यापारीको निधन, शोकमा दुई घण्टा बजार बन्द
बैतडी –बैतडीको खोडपेमा लामो समयदेखि किराना व्यवसाय गर्दै आएका ६५ वर्षीय कृष्णसिंह विष्टको निधन भएको छ । पाटन नगरपालिका– १० को पनाली बस्दै आएका विष्टको मंगलबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
फोक्सोको क्यान्सरबाट पीडित विष्टको पनालीस्थित निवासमै निधन भएको थियो । उनको बुधबार बिहान १० बजे बनारसी आर्यघाटमा हिन्दु परम्पराअनुसार अन्तिम संस्कार गरिएको छ । खोडपेमा लामो समय किराना पसल राखेर व्यापार गरेका विष्ट स्थानीय सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष तथा विभिन्न सामाजिक कार्यमा सक्रिय थिए ।
व्यापारी बिष्टको निधनमा आज खोड्पे बजार दुईघण्टा बन्द गरिएको थियो । बजार व्यवस्थापन समितिको आह्वानमा बिहान १० बजेदेखि १२ बजे सम्म दुई घण्टा बजार बन्द गरिएको बजार व्यवस्थापन समितिले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, पुस ६, २०७९ १७:१७
प्रतिक्रिया दिनुहोस्




