Sagun Khabar
बैतडीमा अवरुद्ध यातायात सुचारु 

बैतडी –बैतडीका शिक्षक धनबहादुर बिष्ट हत्याका अभियुक्त सार्वजनिक गर्न ढिलो गरेको भन्दै गरिएको यातायात बन्द सुचारु भएको छ । प्रहरीले बिष्टको हत्यामा संलग्न रहेकाहरुको पहिचान गरी सार्वजनिक गरेपछि दिउँसोदेखि पाटनमा अवरुद्ध गरिएको यातायात सुचारु गरिएको हो । 

शिक्षकको बिष्टको हत्यामा पुर्चौंडी नगरपालिका ३ न्वादेउका प्रजा बोहरा र बिमला बोहराको संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको छ । उनीहरु दुवै जना श्रीमान श्रीमति हुन् । घटनाका अभियुक्त सार्वजनिक भएसंगै अवरुद्ध यातायात सुचारु भएको संघर्ष समितिले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update