Sagun Khabar
बैतडीमा हत्या गरिएका शिक्षक बिष्टको शव आफन्तले बुझे 

बैतडी –बैतडीमा हत्या गरिएका शिक्षक धनबहादुर बिष्टको शव आफन्तले बुझेका छन् । बिष्टको हत्यामा संलग्न भएका व्यक्तिहरुको पहिचान भई प्रहरी पक्राउ गरेपछि आफन्तहरुले शव बुझेका हुन् । 

सुर्नया गाउँपालिका २ ग्वानी घर भई कृष्ण माविमा विगत ३४ बर्षदेखि अध्यापन गराउँदै आएका शिक्षक बिष्टको पौष १ गते कृष्ण मावि पाटन छात्राबासमा हत्या भएको थियो । पौष २ गते उनको शव फेला परेको थियो । दोषी पत्ता नलाग्दा सम्म शव नबुझ्ने अडान आफन्तहरुले लिएका थिए । बिहीबार प्रहरीले अभियुक्त सार्वजनिक गरेसंगै आफन्तहरुले शव बुझेका हुन् । 

शिक्षक बिष्टको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि कृष्ण माविको खेलमैदानमा राखिएको छ । आजै उनको शवलाई गृह गाउँ ग्वानी ल्याइने र भोलि अन्त्येष्टी गरिने पारिवारिक श्रोतले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update