बैतडी : टुहुरा बालबालिकालाई झोला
बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं १ को कार्यालयले टुहुरा बालबालिकाहरुलाई झोला वितरण गरेको छ । वडा नं १ को कार्यालयका तर्फबाट वडाभरी रहेका ७८ जना टुहुरा बालबालिकाहरुलाई झोला वितरण गरिएको वडा नं १ का वडा अध्यक्ष तर्कसिंह ठगुन्नाले बताए ।
टुुहुरा बालबालिकाहरुलाई पठनपाठनमा केही सहज होस भनेर यो कार्य गरिएको उनले बताए । आमाबुवा दुवै गुमाएका बालबालिकाहरुलाई वडा कार्यालयका तर्फबाट झोला वितरण गरिएको हो । यसअघि जेष्ठ नागरिक र एकल पुरुषलाई वडा कार्यालयका तर्फबाट कम्बल वितरण गरिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९ ०७:५५
प्रतिक्रिया दिनुहोस्




