Sagun Khabar
बैतडीमा सूर्यास्तसंगै गायव हुन्छ नेटवर्क, टावरमा पावरको समस्या

बैतडी- बैतडीको पञ्चेश्वर ४ मा  नेपाल टेलिकमका सेवाग्राही समस्या परेका छन् । घाम अस्ताए संगै नेटवर्क  हराउने भएपछि यहाँका सेवाग्राही समस्यामा परेका हुन् । नेपाल टेलिकमका नेटवर्क घाम अस्ताएसंगै हराउने भएपछि आफुहरुलाई धेरै समस्या भएको  स्थानीय प्रकाश चन्दले  बताए । 

घाम अस्ताएसंगै नेटवर्क पनि जाने भएकाले सारै  समस्या हुने गरेको उनको भनाई छ । यस्तै सोलार प्यानलबाट सञ्चालित  नेपाल टेलिकमका टावरले  काम गर्न छाड्ने भएपछि नागरिकहरु रातिको  समयमा सम्पर्कविहिन हुने गरेका छन् । मौसममा खराबि आउँदा टेलिकमका नेटवर्क  विलय हुने भएकाले  आफुहरु रातिको समयमा सम्पर्क विहिन हुने गरेका अर्का स्थानीय बिक्रम सार्कीले बताए ।

सूर्यास्तसंगै टावर पनि विलय हुने भएपछि भ्वाइस सेवा र इन्टरनेट सेवाबाट आफुहरु बञ्चीत हुने गरेका त्यहाँका नागरिकहरुको गुनासो छ । नेपाल टेलिकमको सेवा प्रभावकारी नहुँदा पञ्चेश्वरको  चौडाली, फ्याउले लगायतका नागरिकहरु समस्या परेका छन् । वडाकै धामकुडिमा रहेको टेलिकमको सेवा प्रभावकारी  नहुँदा  सेवाग्राही निराश भएका छन् । 

सोलार प्यानलबाट सञ्चालित  नेपाल टेलिकमका टावरले  समस्या गरेको  भन्दै  नेपाल टेलिकम बैतडीका प्रमुख बिक्रम राम टमाटाले  टावरमा विद्युत आपूर्तिको काम भइहेको  बताए । अधिकाँश टावरमा विद्युत आपूर्ति नहुँदा समस्या भएकाले यसको  समाधानका लागि लागि पहल भइरहेको  उनले  बताए । 

 बैतडीमा ३५ ओटा नेपाल टेलिकमका टावर  छन् ।  ३५  मध्ये ९ ओटा  टावर सोलार प्यानबाट सञ्चालित छन् । सबै नेपाल नेपाल टेलिकमका टावरमा विद्युत आपूर्तिका लागि पहल भइरहेको नेपा टेलिकम बैतडीले  जनाएको  छ । 

सोलार प्यानबाट सञ्चालित नेपाल टेलिकमका टावरले मौसमा  खराबि आउँदा काम गर्न छाड्ने भएपछि नागरिकहरुले  बेला बेला सास्ती  भोगनु परेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  ०८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update