Sagun Khabar
बैतडीको पाटनमा आजदेखि विद्यालय सञ्चालन 

बैतडी –बैतडीको पाटनमा गएको तीनदिनदेखि बन्द रहेका विद्यालय आजदेखि सञ्चालनमा आएका छन् । कृष्ण मावि पाटनमा अध्यापन गराउँदै आएका शिक्षक धनबहादुर बिष्ट हत्याका अभियुक्त पहिचानको माग गर्दै शिक्षक संघसंगठनहरुले नगर क्षेत्रभित्रका विद्यालय बन्द गरेका थिए । 

शिक्षक बिष्टका हत्याका अभियुक्त पक्राउ परिसकेकाले आजदेखि विद्यालय सञ्चालनमा आएका नेपाल शिक्षक संघ पाटन नगरकार्यसमितिका अध्यक्ष लक्ष्मण बोहराले बताए । 

सुर्नया गाउँपालिका २ ग्वानी घर भई कृष्ण मावि पाटनमा अध्यापन गराउँदै आएका शिक्षक बिष्ट पौष २ गते मृत फेला परेका थिए । उनको हत्यामा पुर्चौंडी नगरपालिका ३ का प्रजा बोहरा र उनकी श्रीमति बिमला बोहरा पक्राउ परीसकेका छन् । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update