Sagun Khabar
जिल्ला समन्वय समिति बैतडी  अनुगमनमा 

बैतडी- बैतडीमा जिल्ला समन्वय समिति भेटघाट तथा  अनुगमनको काममा व्यस्त रहेको छ ।  यहि पौष ३ गतेबाट जिल्ला समन्वय समिति बैतडी स्थानीय तहमा अनुगमन तथा भेटघाटमा व्यस्त रहेको हो । गत जेठमा निर्वाचित जिल्ला समन्वय समिति बैतडीले अहिले प्रथम चरणको अनुगमन गरिरहेको हो । 

तल्लोसोराड अन्तर्गतका पालिकाको अनुगमन सम्पन्न गरेको समन्वय समिति बैतडीले शुक्रबार दोगडाकेदार गउँपालिकामा  अनुगमन गरेको छ । पञ्चेश्वर गाउँपालिका,शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकामा अनुगमन सम्पन्न पछि शुक्रबार दोगडाकेदार गाउँपालिकामा अनुगमन गरिएको जिल्ला समन्वय समिति प्रमुख खगेन्द्र सिहँ धामीले जानकारी दिए ।

योजनाहरुको अवस्था बुझन अनुगमन भइरहेको उनले बताए ।   उनका  अनुसार स्थानीय तह संग यो वर्ष गाउँसभा तथा नगरसभाबाट पारित भएका योजना र गत वर्ष सम्पन्न हुन बाँकि रहेका  योजनाहरुको लिष्ट माग्ने काम भइरहेको छ । 

पालिकाहरुमा भेटघाट सहित योजनाहरुको तथ्यांक माग गरेर प्रतिवेदन तयार गर्ने काम भइरहेको समन्वय समिति उपप्रमुख दमन कुवँरले बताए । अहिले प्रथम चरणको योजना अन्तर्गत पालिकाका योजनाको अवस्था , लगायत पालिकाले भोगि रहेका समस्या , जनशक्ति  के कति छ भन्ने बारे जानकारि लिने काम  भइरहेको जिल्ला समन्वय समिति सदस्य प्रेम सिहं भाटले बताए । 

१० ओेटै पालिकामा अनुगमन सम्पन्न गरेर सुदूरपश्चिम सरकारलाइ प्रतिवेदन बुझाईने बताइएको छ । अनुगमनका  क्रममा जिल्ला समन्वय समितिको टोलिले जनप्रतिनिधिलाई पार्टी भन्दा माथि उठेर दिगो र प्रभावकारि काम गर्न आग्रह  गरेका छन् । 

अनुगमनको सिलसिलामा दोगडा पुगेका समन्वय समिति प्रमुख धामीले पालिकाका समस्या र कठिनाइहरुमा समन्वय  गर्न आफुहरु तयार रहेकाले  समस्या  अवगत गराउन पालिकालाइ आग्र गरेका छन्  । प्रदेश सरकारका योजना स्थानीय सरकारको समन्वय विनानै निर्माण हुने भएकाले यसमा निगरानी बढाउन जिल्ला समन्वय समिति बैतडीलाई  पालिकाले आग्रह गरेको छ ।

योजनालाई दिगो र प्रभावकारि बनाउन अनुगमन अपरिहार्य रहेको भन्दै दोगडाकेदार गाउँपालिका उपाध्यक्ष  पार्वती कार्कीले  जिल्ला समन्वय समितिलाई योजनामा कडा निगरानी  राख्न अनुरोध गरेकी छन् । संघ र प्रदेशका योजना व्यक्ति  विशेष, आसेपासे पाल्ने ढंगले आउने गरेकाले यसमा जिल्ला समन्वय समितिले निगरानी राख्नु पर्ने स्थानीय जनप्रतिनिधिहरुको माग छ  । 

संघ र प्रदेशबाट  नेता कार्यकर्ता पाल्न चोरबाटोबाट योजना आउने र सो योजना दिगो नहुने गरेका बैतडीका नागरिकहरुको गुनासो छ ।
 

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update