Sagun Khabar
आजदेखि सुदूरपश्चिममा विद्युत सेवा अनियमित 

बैतडी – आजदेखि बैतडी सहित सुदूरपश्चिमका सबै जिल्ला विद्युत सेवा अनियमित भएको छ । शनिबारदेखि ६ दिनसम्म विद्युत् सेवा अनियमित हुने अत्तरिया ग्रिड शाखाले सूचना मार्फत जनाएको छ । 

अत्तरीया शाखाको सूचना अनुसार विद्युत सेवा अनियमित भएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका सुपरभाइजर माधवप्रसाद लेखकले बताए । अत्तरिया ग्रिड शाखाअन्तर्गत स्याउले अत्तरिया १३२ केभी प्रसारण लाइनको मर्मत सम्भारको काम गर्नुपर्ने भएपछि आजदेखि विद्युत् सेवा अनियमित भएको हो । 

शनिबारदेखि यही पुस १५ गतेसम्म विद्युत् सप्लाई अनियमित हुन सक्ने लेखकले जानकारी दिए । 

321389339_1592104221243830_2036669263126974901_n1671864410.jpg

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update