सुदूरपश्चिममा पनि नयाँ गठबन्धनलाई बहुमत
बैतडी –राजनीतिक समीकरण फेरिएसंगै प्रदेशहरुमा पनि समीकरण फेरिने भएको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमतका लागि कम्तीमा २७ सांसद आवश्यक पर्नेमा एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाको एक सांसद छन् । यो हिसाबले सुदूरपश्चिममा नयाँ गठबन्धनको सरकार बन्ने पक्का भएको छ ।
प्रदेश १९ सांसद सहितको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रतिपक्षमा बस्नुपर्ने देखिएको छ । केन्द्रमा सत्ता समीकरण बद्लिएपछि सुदूरपश्चिममा पनि कांग्रेस सत्ता बाहिरै बस्नुपर्ने देखिएको हो ।
यो प्रदेशमा नेकपा एकीकृत समाजवादीसंग ४ र एकजना स्वतन्त्र सांसद रहेका छन् । सत्ता समीकरण बद्लिएसंगै सबै प्रदेशमा नयाँ गठबन्धनको सरकार बन्ने देखिएको छ ।
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९ ०७:४४
प्रतिक्रिया दिनुहोस्




