Sagun Khabar
बैतडीका सांसद भण्डारी मन्त्री बन्ने सम्भावना बलियो 

बैतडी –बैतडीबाट निर्वाचित सांसद दामोदर भण्डारी प्रचण्ड नेतृत्वको मन्त्रीमण्डलमा मन्त्री बन्ने सम्भावना बलियो देखिएको छ । एमालेका सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष समेत रहेका भण्डारी बैतडीबाट तेश्रो पटक निर्वाचित भएका हुन् । 

यसअघि केपी ओली प्रधानमन्त्री भएको बेला अर्थराज्यमन्त्रीको जिम्मेवारी सम्हालीसकेका भण्डारी यो सरकारमा ‘फुल’मन्त्री बन्ने लगभग निश्चित रहेको एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारीले बताए । उनले भने ‘माननीयज्यूको मन्त्री बन्ने कुरा निश्चित हो तर कुन मन्त्रालय भन्ने एकीन भएको छैन् ।’

सुदूरपश्चिमबाट प्रतिनिधि सभामा एमालेका तीन जना मात्रै सांसद रहेका छन् । बैतडीबाट भण्डारी निर्वाचित भएका हुन् भने कञ्चनपुर १ बाट तारा लामा तामाङ निर्वाचित भएका हुन् । बाजुराका दयालबहादुर शाही समानुपातिक सांसद हुन् । 

यी सबैमध्ये मन्त्रीका लागि बलिया पात्र भण्डारी नै रहेका श्रोतले बताएको छ । प्रचण्ड नेतृत्वको सरकारमा बैतडीले मन्त्री पाउने लगभग फिक्स भएको एमाले उपसचिव भण्डारीले बताए । 

मंसिर ४ गते भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर)लाई पराजित गर्दै भण्डारी तेश्रो पटक निर्वाचित भएका थिए । 
 

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update