Sagun Khabar
डिएसपी ठगबहादुर पक्राउ, ३५ तोला सुन र २५ लाख नगद बरामद 

काठमाण्डौं –इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी) ठगबहादुर केसी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले अवैध सुनसहित उनलाई नियन्त्रणमा लिएको सीआईबी प्रमुख एआईजी उत्तमराज सुवेदीले जानकारी दिए।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुखसमेत रहेका केसीले सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुलेको आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको एआईजी सुवेदीले बताए। उनको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ।

सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न सीआईबीको टोली बुटवल आएको थियो। बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको गुनासोपछि प्रहरी प्रधान कार्यालयले सीआईबीको टोली पठाएको थियो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले डिएसपी केसी अनुसन्धान टोलीको नियन्त्रणमा परेको र यसबारे थप बुझेर जानकारी दिने बताए।

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update