बैतडी –बैतडीबाट निर्वाचित सांसद दामोदर भण्डारीको नाम एमालेबाट मन्त्रीका लागि तय भएको छ । एमालेको तर्फबाट भण्डारी मन्त्री बनाउने कुरा फिक्स भएको एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारीले बताए ।
उनले प्रधानमन्त्रीसंगै शपथ लिने तयारी भएको भण्डारीले बताए । साढे तीन बजे शितल निवासमा मन्त्रीको शपथका लागि भण्डारीलाई बोलाएको श्रोतले जनाएको छ । उपसचिव भण्डारीले भने ‘एमालेका तर्फबाट मन्त्रीज्यूलाई शपथ लिनका लागि बोलाएको छ । अहिले हामी त्यहाँ गइरहेका छौं ।’
एमाले सुदूरपश्चिम प्रदेश कमिटिका अध्यक्ष समेत रहेका भण्डारी तेश्रो पटक बैतडीबाट निर्वाचित भएका हुन् । २०७०, २०७४ र २०७९ को चुनावमा भण्डारीले बैतडीबाट जित हात पारेका थिए । उनको मन्त्रालय भने टुंगो लाग्न बाँकी रहेको बताइएको छ ।
भण्डारीसँगै प्रदेश १ बाट राजेन्द्र राई, मधेशबाट ज्वालाकुमारी साह पनि एमालेबाट मन्त्री बन्दै छन् ।




