Sagun Khabar
भण्डारी मन्त्री बनेको  खुसीयालीमा  गृह जिल्ला बैतडीमा दीप प्रज्वलन 

बैतडी- बैतडीबाट निर्वाचित सांसद भण्डारी मन्त्री बनेको खुसियालिमा बैतडीमा दीप प्रज्वलन गरिएको छ । सांसद दामोदर भण्डारी मन्त्री बनेपछि उनको गृह जिल्ला बैतडीमा खुसियालिमा दीप प्रज्वलन गरिएको  अनेरास्वीयु जिल्ला कमिटि उपसचिव सञ्जु भण्डारीले जानकारी दिए ।

खुसियालिमा बैतडीको पाटनमा दिप प्रज्वलन गरिएको उनले बताए । उनका अनुसार दीप प्रज्वलन कार्यक्रममा  युवा, विद्यर्थाी  बजार  व्यवसायी, एमालेका नेता तथा नगरबासीहरुको  सहभागियता रहेको थियो । माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठन गरिएको ८ सदस्यीय मन्त्रीमण्डलमा भण्डारीले मन्त्री पदको शपथ लिएका छन् ।

आज शितल निवासमा आयोजित शपथ ग्रहण कार्यक्रममा मन्त्री भण्डारीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेका हुन् ।   नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष समेत रहेका भण्डारीले मन्त्री पदको शपथ ग्रहण गरेपनि मन्त्रालयको भने टुंगो लागेको छैन् । भण्डारी मन्त्री भएसंगै जिल्लाको  विकासले  गति लिने आशा पलाएको छ । बैतडीले  पहिलो  पटक फुल मन्त्री पाएको हो ।

यस अघि केपि ओली नेतृत्वको सरकारमा भण्डारी अर्थराज्य मन्त्री भएका थिए ।  मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा उनी नेकपा माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवरलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा चयन भएका थिए ।

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update