Sagun Khabar
बैतडीका विद्यालयमै विद्यार्थीहरुको आँखा, दाँत र कान जाँच गर्न शिविर 

बैतडी –बैतडीमा विद्यालयमै पुगेर विद्यार्थीहरुको आँखा,दाँत र कान जाँच गर्न थालिएको छ । विद्यार्थीहरुको आँखा, दाँत र कानमा भएको समस्या पहिचान गर्नका लागि विद्यालयमै शिविर सञ्चालन गरेर सेवा दिने कार्यको शुरुवात भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

जिल्लाका १० ओटा स्थानीय तहमा रहेका कम्तीमा १० ओटा विद्यालयमा यो कार्यक्रम सञ्चालन गरिने उनले बताए । मंगलबार जिल्लाको पाटन नगरपालिका ९स्थित ज्ञानेश्वर माविमा शिविरको आयोजना गरिएको स्वास्थ्य प्रमुख भट्टले बताए । 

गएको तीन बर्षदेखि यो कार्यक्रम सञ्चालनमा रहेकाले गत बर्ष कार्यक्रम सञ्चालन नभएका विद्यालयहरुमा शिविर सञ्चालन गरिएको बताइएको छ । 

शिविरमा आँखाको जाँच गर्दा समस्या भएका विद्यार्थीहरुलाई निशुल्क चस्मा वितरण गरिने बताइएको छ । यस्तै दाँतमा समस्या भएका विद्यार्थीहरुको उपचार र कानमा समस्या भएका विद्यार्थीहरुको उपचार गरिने स्वास्थ्य प्रमुख भट्टले बताए । 
 

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update