Sagun Khabar
बैतडी : दनपाको प्रवक्तामा पाण्डे 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाको प्रवक्तामा अजबबहादुर पाण्डेलाई नियुक्त गरिएको छ । मंगलबार बसेको दोश्रो नगरसभाले दशरथचन्द नगरपालिका वडा नं ३ का वडा अध्यक्ष समेत रहेका पाण्डेलाई प्रवक्तामा नियुक्त गरेको हो । 

नगर सरकारका आधिकारिक सूचना सम्प्रेषण गर्नका लागि प्रवक्ता तोकिएको हो । नगर सरकार बनेको झण्डै ७ महिनापछि नगर प्रवक्ता तोकिएको हो । मंगलबार दशरथचन्द नगरपालिकाको दोश्रो नगरसभा सम्पन्न भएको हो । 
 

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update