Sagun Khabar
बैतडी : सिगास माविको विव्यस अध्यक्षमा भाट चयन 

बैतडी –बैतडीको पाटन नगरपालिका –३ गुरुडास्थित सिगास मावि गौरीशंकर पोखरीको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा प्रेमसिंह भाट चयन भएका छन् । मंगलबार भएको आम भेलाबाट भाटको नेतृत्वमा ९ सदस्यीय नयाँ विद्यालय व्यवस्थापन समिति चयन गरेको हो ।

अध्यक्ष भाट सहित समितिमा कृष्णसिंह महरा, कमलापती अवस्थी, अन्जना चन्द, शान्ति भट्ट पन्त, बसन्ती बिक सदस्य रहेका छन् । यस्तै वडा नं ३ का वडा अध्यक्ष करुणाकर भट्ट पदेन सदस्य र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक धनीदत्त पन्त रहेका छन् । 

विंसं २०२२ सालमा स्थापना भएको सो विद्यालयमा अहिले कक्षा १२ सम्मको पढाइ भइरहेको छ । विद्यालयमा ५ सय बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् । विद्यालयको चौतर्फी विकासका लागि आफूले पहल गर्ने अध्यक्ष भाटले बताए । 
 

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update