बैतडी- बैतडीमा विकास निर्माणका कार्यमा भएको ढिलासुस्तीले नागरिकहरुले सास्ती भोग्नु परेको छ । जिल्ला भित्र सञ्चालति कतिपय विकास निर्माणका कार्यहरु समयमै सम्पन्न नहुँदा नागरिकहरुले समस्या भोग्नु परेको हो ।
निर्माण व्यवसायीहरुले समयमा विकास निर्माणका काम सम्पन्न नगर्दा समस्या हुने गरेको स्थानीय मोहन पन्तले बताए । विकास निर्माणका कार्यहरुमा देखिएको ढिलासुस्तीले समस्या भएको उनले बताए । बैतडीको विभिन्न ठाउँमा निर्माणाधिन अवस्थामा रहेका पुलपुलेसा, बाटोघाटोका कामहरु लामो समय सम्म पनि सम्पन्न हुन सकेका छैन्न ।जसका कारण स्थानीयहरुले सास्ती भोग्नु परेको छ ।
हरेक विकास निर्माणका कार्यहरुमा देखिएको ढिलासुस्तीले अहिले सरोकारवाला निकायहरुको चक्रो आलोचाना भइरहेको छ । विकास निर्माणका कार्यहरु समयमै सम्पन्न नभएका भन्दै आक्रोसित यहाँका स्थानीयहरु सरोकारवाला पक्षको कमजोरीका कारण समस्या भएको भन्दै आलोचना गर्न थालेका हुन् ।
सम्बन्धित निकायले पैरवि , निरीक्षण र प्रभावकारी रुपमा अनुगमन नगर्दा यो समस्या आइराखेको स्थानीय बिरेन्द्र भट्टले बताए । सञ्चालित विकास निर्माणका योजनामा सम्बन्धित पक्षले पैरवि गर्नेु पर्ने उनको भनाई छ ।
अहिले जिल्लामा धेरै जसो योजना ठेकेदारहरुको लापरबाहीले अलपत्र परेका उनले बताए । सो योजनाहरु समयमै सम्पन्न गर्न गराउन सम्बन्धित निकायले चनाखो हुनुपर्ने उनले बताए । अहिले जिल्लामा धेरै जसो पुलहरु अलपत्र परेका छन् । वर्षाे पहिले निर्माण सुरु गरिएका पुलहरु समयमै सम्पन्न नहुँदा नागरिकहरु समस्यामा छन् ।
बैतडीको पाटन–लोर्खा–सकार–कैलपाल सडकखण्ड अन्र्तगत सुर्नया गाडको त्रिपुरेश्वरमा निर्माणाधिन मोटरेबल पुल निर्माणको कामले पूर्णता पाउन सकेको छैन्। यस्तै पाटन –पञ्चेश्वर सडक अन्तर्गत पाटन नगरपालिका वडा नं ६ स्थित गोइडाखोलामा पुल निर्माण कार्य शुरु भएको ६ बर्ष बितिसक्दा समेत पुल निर्माण कार्य सम्पन्न भएको छैन् । जसका कारण नागरिकहरुलाई समस्या छ ।
जिल्ला भित्र अनुगमनको पाटो फितलो र नियमनकारी निकाय मौन हुँदा पनि निर्माण व्यवसायीहरुले मनपरी गर्ने गरेका गुनासो बढ्दो छ।




