काठमाण्डौं –नेकपा एमालेका सुदुरपश्चिम इन्चार्ज लेखराज भट्ट र नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टबीच भेटवार्ता भएको छ । एमाले इन्चार्ज लेखराज भट्टको निवास ललितपुरमा दुई नेताबीच भेटवार्ता भएको हो ।
केन्द्रमा माओवादी र एमालेको सरकार बनेपछि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा आफ्नो माओल बनाउन खगराजले लेखराजसंग भेटघाट गरेको बुझिएको छ । भेटघाटका क्रममा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बारे छलफल भएको बताइएको छ । सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि माओवादी केन्द्र र एमाले दुवैले दाबी गरिरहेका छन् । केन्द्रमा सत्ता समीकरण फेरबदल भएसंगै प्रदेशमा पनि समीकरण फेरिएको हो ।
लेखराज र खगराज युद्धकालका सहयात्री पनि हुन् । तर नेकपा बिभाजन पछि लेखराज एमालेमै रहेका थिए । यसअघि उनीहरुबीच चिसो सम्बन्ध रहेको थियो । सुदूरपश्चिमका दुवै इन्चार्जबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।




