Sagun Khabar
मणिलेक मावि गुरुखोलाको ६६ औं बार्षिकोत्सव सम्पन्न 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका १ स्थित मणिलेक मावि गुरुखोलाको ६६ औं बार्षिकोत्सव विभिन्न सांस्कृतिक कार्यक्रमका साथ बुधबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयदेव भट्टको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोहमा दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ) प्रमुख अतिथी रहेका थिए । 

बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक केशवदत्त भट्टले २ करोड ७ लाख ७६ हजार ७२४ रुपैंयाको आयव्यय विवरण प्रस्तुत गरेका थिए । यस्तै उनले विद्यालयको भौतिक र शैक्षिक प्रगति प्रतिवेदन समेत प्रस्तुत गरेका छन् । 

बार्षिकोत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गर्नुका साथै उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको छ । यस्तै हाजिरी जवाफ, भलिबल प्रतियोगिता लगायतका कार्यक्रममा सहभागी भएर उत्कृष्ट भएका विद्यार्थीहरुलाई पनि पुरस्कार वितरण गरिएको प्रधानाध्यापक भट्टले बताए । 

कक्षा १२ सम्मको पढाई हुने सो विद्यालयमा प्राविधिक धार तर्फ आइएस्सी एजीको समेत पढाई हुने गरेको छ । विद्यालयमा ५ सय ६० जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । 

बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले शिक्षा क्षेत्रको विकासका लागि नगरपालिकाले पहल गरिरहेको बताए । 
 

प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update