बैतडी –बैतडीको दशरथचन्द नगरपालिका ६ स्थित कालिका मावि थालीगडामा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको छ । बालविकासदेखि कक्षा ३ सम्म अध्ययनरत ५४ जना विद्यार्थीहरुलाई स्वीटर र टोपी वितरण गरिएको हो ।
राधा माधव समिति र डिभाइन युथ क्लबको संयुक्त सहयोगमा विद्यार्थीहरुलाई न्योनो लुगा वितरण गरिएको क्लबका सुदूरपश्चिम उपसंयोजक नरेन्द्र जोशीले बताए ।
न्यानो लुगा वितरण कार्यक्रममा डिभाइन युथ क्लब बैतडीका अध्यक्ष नारायणदत्त जोशी, वडा अध्यक्ष महेन्द्रसिंह कार्की, राधा माधव समितिका बैतडी अध्यक्ष हरिदत्त जोशी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवसिंह रावल, विद्यालयका प्रधानाध्यापक पदमराज लेखक लगायतको उपस्थिती रहेको थियो ।
स्वामी हरिदास संयोजक रहेका हरिगुरु सेवा कार्यक्रम अन्तर्गत न्यानो लुगा वितरण गरिएको हो ।




