Sagun Khabar
दशनामी नाथ योगी समाजद्वारा बैतडीका क्यान्सर पीडित नाथलाई आर्थिक सहयोग

बैतडी-   सुदूरपश्चिम दशनामी नाथ योगी समाजले क्यान्सर पीडित रिजन नाथलाई आर्थिक सहयोग गरेको छ । समाजले मंगलबार बैतडीको डिलासैनी गाउँपालिका–६ का महेश नाथ का छोरा क्यान्सर पीडित बालक नाथलाई सहयोग रकम प्रदान गरेको हो ।

सुदूरपश्चिम दशनामी नाथ योगी समाजले संकलन गरेको ३० हजार ३ सय रुपैँया पीडित बालकका बुवा महेश नाथको खातामा जम्मा गरिएको सुदूरपश्चिम दशनामी र नाथ योगी समाजका संयोजक  (अभियानकर्मी) मधुसुमन नाथले बताए । 


नाथलाई उपचारका लागि आर्थिक अभाव भएको खबर पाएपछि  देश विदेशमा रहेका सबैलाई सहयोगको लागि आग्रह गरेका र  सबैले सहयोग पनि गरेका  उनले  बताए ।  अझै अन्य सहयोगी मनहरुमा समेत अनुरोध गरिरहेका उनको  भनाई  छ ।  

बालक नाथलाई  निसर्ग हस्पिटल धनगढीमा परीक्षण गराउँदा ब्लड क्यान्सरको देखिएको थियोे । हाल उनको भारतस्थित एआइआइएमएस  हस्पिटल हरियाणा  झज्जरमा उपचार भइरहेको छ । ब्लड क्यान्सर उपचारका लागि झन्डै  ३० लाख भारु सम्म खर्च लाग्ने भएकाले पीडित बालकका  बुवा महेश नाथ आफैले सहयोगका लागि सबै समक्ष आग्रह गरिरहेका छन् ।

सुदूरपश्चिम दशनामी र नाथ योगी समाजले विभिन्न रोगबाट पीडीत बिरामीहरूलाई आर्थिक सहयोग,सामाजि  क्षेत्रमा काम गर्दै आएको छ । 

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update