Sagun Khabar
बैतडीको सुर्नयामा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम, १ सय ६१ जनाले सेवा लिए

बैतडी- बैतडीको सुर्नया गाउँपालिकाले सञ्चालन गरेको ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रममा डेढ सय बढीले सेवा लिएका छन् । गर्भवती आमाहरुको स्वास्थ्य स्थितीका बारेमा थाहा पाउनका लागि निशुल्क रुपमा सञ्चालन  गरिएको ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रममा १ सय ६१ जनाले  सेवा लिएका सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले  जानकारी दिए ।

पालिकाका विभिन्न स्वास्थ्य संस्थाहरुमा निशुल्क  ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालन भएको थियो । गर्भावस्थामा हुन सक्ने जटीलताका बिषयमा समयमै पत्ता लगाई मातृ मृत्यु र शिशु मृत्यु रोक्नका लागि प्रथम चरणको  अल्ट्रासाउण्ड कार्यक्रममा सम्पन्न गरिएको र तिन महिना पछि फेरी कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य शाखा प्रमुख महराले बताए ।

उनका अनुसार  भौनेली स्वास्थ्यचौकीमा १९ जना सेवा लिएका छन् । यस्तै  वाशुलिङ्ग स्वास्थ्यचौकीमा १४, वाशुदेव आधारभूत स्वास्थ्य केन्द्रमा १३ जना र हटैराज स्वास्थ्यचौकीमा ६ जनाले सेवा पाएका छन् ।

यस्तै शंकरपुर स्वास्थ्यचौकीमा, ६जना , रौलेश्वर स्वास्थ्यचौकीमा २८, शिखरपुर सामुदायिक स्वास्थ्य इकाइमा १६ जना,  शिखरपुर स्वास्थ्यचौकीमा ३७ जना र भूमीराज आधारभूत स्वास्थ्य केन्द्रमा २२ जनाले सेवा लिएका छन् । आफ्नो नजिकको स्वास्थ्य संस्थामा सेवा पाउँदा सेवाग्राही पनि  खुसि भएक छन् ।  

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update