Sagun Khabar
बैतडीका बजार क्षेत्रमा हर्न बजाउन नपाइने 

बैतडी- बैतडीका बजार क्षेत्रमा हर्न निषेध गरिएको  छ । बढ्दो ध्वनी प्रदूषणलाइ कम गर्न जिल्लाका बजार क्षेत्रहरुमा सवारी हर्न बजाउन निषेध गरिएको  हो  ।

जिल्ला प्रशासन कार्यालयमा सम्पन्न सुरक्षा निकाय, जिल्ला ट्राफिक, यातायात व्यवसायी र सरोकारवाला सहितको सर्वपक्षिय छलफलबाट बैतडी जिल्लाका बजार क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय  बैतडीका सूचना अधिकारी शंकर बहादुर बोहराले जानकारी दिए । 

उनका अनुसार ध्वनी प्रदूषणमुक्त बनाउने उदेश्यले जिल्लाका सबै बजार क्षेत्रमा लागू हुने गरि यो  निर्णय गरिएको छ । यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सबैको सहयोगको  खाँचो रहेको उनले बताए । बजार क्षेत्रलाई  ध्वनी प्रदूषणमुक्त बनाउन सर्वपक्षिय बैठकबाट हर्न निषेध गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।

बजार क्षेत्रहरुमा हर्न बजाउन नपाइने निर्णय गरिएको भन्दै उनले सबै सरोकारवालाहरुलाई कार्यान्वयनमा सहयोग गर्न अपिल गरेका छन् । ध्वनी प्रदूषण नियन्त्रण गर्नका लागि  हर्न बजाउन प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी पन्थीले  बताए । यस्तै  निर्णयको उल्लंघन भए कारबाही समेत गरिने बताइएको छ ।

कसैले नियमको पालना नगरेको  पाइएमा तत्काल प्रहरीले कारबाही गर्ने  जिल्ला प्रशासन कार्यालयका  सूचना अधिकारी बोहराले  बताए । जथाभावी हर्न बजाएर गुड्ने  गाडीलाई  निणन्त्रणमा लिएर ट्राफिक प्रहरीले  कारबाही गर्ने उनको  भनाइ छ ।

पछिल्लो समय जिल्लाका  बजार  क्षेत्रमा सवारीसाधनको जथाभावी हर्नले ध्वनी प्रदूषण बढ्दै गएकाले  यो निर्णयबाट कम हुने अपेक्षा गरिएको  छ । 

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  १०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update