Sagun Khabar
बैतडीमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न, यस्ता छन् निर्णय

बैतडी- बैतडीमा जिल्ला विपद् व्यवस्थापन समितिको  बैठक सम्पन्न भएको छ । विभिन्न निर्णय  गर्दै जिल्ला विपद् व्यवस्थापन समितिको शितकालीन बैठक शुक्रबार जिल्ला प्रशासन कार्यालयमा  सम्पन्न भएको हो । 

बैठकमा जिल्लामा गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा भएका विपद्  जन्य  घट्ना तथा सो बाट प्रवाभितहरुको  राहत ,उद्धार तथा पुनःस्थापन सम्बन्धमा छलफल गरेर अन्य निर्णय समेत गरिएको  प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति संयोजक  सुरेश पन्थीले जानकारी दिए ।

उनका अनुसार जिल्ला विपद्  व्यवस्थापन समितिको बैठकले विपद् व्यवस्थापनका क्षेत्रमा क्रियाशिल सरकारी तथा गैरसरकारी निकाय संग भएका विपद् खोज तथा उद्धार सामग्रीहरुको मर्मत गरेर चुस्तदुरुस्त राख्ने  निर्णय गरेको  छ । 

यस्तै शितजन्य  मनसुनबाट हुन सक्ने संभावित जोखिमलाई ध्यानमा राखेर  सबै स्थानीय व्यवस्थापन समितिले तयारी अवस्थामा बस्ने, हिमपात भएर  सडक अवरुद्ध हुने हुँदा त्यसका लागि जेसिबी लगायतका मेसिन तयारी अवस्थामा राख्ने समेत निर्णय भएको  छ ।  

यस्तै जिल्ला आपतकालीन सञ्चालन केन्द्रको स्तरोन्नती र थप पूर्वाधार  निर्माणका लागि रेडक्रस बैतडीलाई  अनुरोध र जिल्ला प्रशासन परिसरमा रहेको विपद्  आश्रयस्थल स्तरोन्नतीका लागि सबै निकायलाइ अपिल गर्ने निर्णय पनि भएको  छ । 

कोभिड नियन्त्रण्का लागि सबैलाई  खोपको  दायरामा ल्याउने  देखि लिएर जन स्वास्थ्यका मापदण्ड पालनाका लागि अनुरोध गर्ने गराउने, गत कार्तिक २४ गते गएको  भूकम्पका कारण भएको क्षति वडा कार्यालय मार्फत विवरण संकलन गरेर जिल्ला विपद् व्यवस्थापन समितिलाइ  उपलब्ध गराउने  पनि निर्णय भएको  छ । 

विभिन्न मानवीय तथा प्राकृतिक कारणबाट हुन सक्ने बनडडेलो न्यूनीकरण गर्न स्थानीय विपद् व्यवस्थापन समितिले सचेत गराउने , स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र  स्थापना गर्ने, पालिकामा उद्धार टाली गठन गर्ने  निर्णय भएका छन् ।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष सुरेश पन्थीको  संयोजकत्वमा बसेको बैठकमा स्थानीयतहका प्रमुख, उपप्रमुख, जिल्ला स्थित  कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा नियकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको  थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  १९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update