Sagun Khabar
बैतडीमा एक बालक बेपत्ता 

बैतडी –बैतडीमा एक बालक बेपत्ता भएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका २ तलकट्टे निवासी १६ बर्षीय अनमोल रावत बेपत्ता भएका हुन् । 

मणिलेक मावि गुरुखोलामा कक्षा ९ मा अध्ययनरत रावत विद्यालयबाट फर्केपछि घरबाटै बेपत्ता भएका पारिवारिक श्रोतले जनाएको छ । परिवारका सदस्यहरुसंग कुनै जानकारी नदिएर उनी यही पौष १३ गते साँझ घरबाट निस्केका थिए । 

घरबाट निस्केका रावत अझै सम्पर्कमा आएका छैनन् । कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालयमा बुझाइदिन पनि परिवारजनले आग्रह गरेका छन् । कसैले फेला पारेमा ९८४८७७१९५८ मा सम्पर्क गरिदिन पनि आग्रह गरिएको छ । 

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update