Sagun Khabar
पाटनमा वडामै योजना सम्झौता 

बैतडी –बैतडीको पाटन नगरपालिकाले वडामै पुगेर योजनाको सम्झौता गर्न थालेको छ । चालु आर्थिक बर्षका योजनाहरु कार्यान्वयनका लागि वडामै पुगेर योजनाको सम्झौता गर्ने कार्य शुरु भएको नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए । 

योजना शाखाका प्राविधिक, जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत लगायतको टीम सम्बन्धित वडामै पुगेर योजनाको सम्झौता थालेको उनले बताए । 

अहिले सम्म वडा नं १० का योजनाहरुको सम्झौता गरिसकिएको उपप्रमुख बोहराले बताए । यही पौष १९ गते वडा नं ८ मा योजनाहरुको सम्झौता गर्ने कार्यतालिका रहेको उपप्रमुख बोहराले बताए । 

पाटन नगरपालिकाका १० ओटै वडाका केन्द्रहरुमा पुगेर सम्बन्धित उपभोक्ताहरुसंग योजनाको सम्झौता गरिने उनले बताए । उपभोक्ताहरुलाई नगरपालिकाको केन्द्रमा पुग्नै समस्या हुने भएकाले आफूहरुले योजनाको सम्झौता वडामै गर्न थालेको नगर उपप्रमुख बोहराले बताए । 
 

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update