हराएका बैतडीका अनमोल फेला परे
बैतडी –गएको चारदिनदेखि हराइरहेका बैतडीका १६ बर्षीय अनमोल रावत फेला परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका २ तलकट्टेका रावत मंसिर १३ गते साँझ घरबाट हराएका थिए ।
मणिलेक मावि गुरुखोलामा कक्षा ९ मा अध्ययनरत रावतको खोजीका लागि परिवारजनले प्रहरीलाई आग्रह समेत गरेको थियो ।
उनलाई कैलालीको खानीडाँडामा धनगढी जाँदै गरेको अवस्थामा भेटेपछि बैतडी ल्याउन लागिएको गाडी चालक नरेश बिष्टले बताए । बिष्टको जिपमा सवार महिलाले अनमोललाई देखेको र उनले चिनेका आधारमा बैतडी फर्काएर ल्याउन लागेको चालक बिष्टले बताए ।
रावतका आमाबुवा रोजगारीको सिलसिलामा भारतको बेंगलोरमा रहेका छन् । उनी मामाघरमा बसेर पढ्दै आएका छन् ।
प्रकाशित मिति: आइतबार, पुस १७, २०७९ १५:३८
प्रतिक्रिया दिनुहोस्




