बैतडी –बैतडीका १० ओटै स्थानीय तहका १ सय २५ ओटा उजुरी अख्तियारमा परेका छन् । स्थानीय तहहरुले सम्पादन गरेका विभिन्न कामहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको बताइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार बैतडीमा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रमका सो तथ्यांक सार्वजनिक गरेको हो ।
गत आर्थिक बर्ष र चालु आर्थिक बर्षको मंसिर महिना सम्म १ सय २५ उजुरी अख्तियारमा परेको जनाइएको छ । दशरथचन्द नगरपालिकाका १९ उजुरी अख्तियारमा रहेका छन् । गत आर्थिक बर्षका १५ र चालु आर्थिक बर्षका ४ गरेर १९ उजुरी अख्तियारमा परेको जनाइएको छ । ती मध्ये ८ उजुरी फर्छयौट भइसकेका छन् भने ११ ओटा बाँकी रहेका छन् ।
यस्तै जिल्लाको पाटन नगरपालिकाका गत आर्थिक बर्ष १५ र यो बर्षका ३ गरेर १८ उजुरी अख्तियारमा परेको मध्ये ६ ओटा फर्छयौट भएका छन् भने १२ ओटा बाँकी रहेका छन् । जिल्लाको पुर्चौंडी नगरपालिकाका गत आर्थिक बर्ष ९ र यस बर्षका २ गरेर ११ उजुरी अख्तियारमा परेका मध्ये ४ ओटा फर्छयौट भएका छन् भने ७ ओटा बाँकी रहेका छन् । मेलौली नगरपालिकाका गत आर्थिक बर्षका १३ र यो बर्षका २ गरेर १५ उजुरी अख्तियारमा परेका छन् । ती मध्ये ४ ओटा फर्छयौट भइसकेका छन् भने ११ ओटा बाँकी रहेका छन् ।
जिल्लाको सुर्नया गाउँपालिकाका गत आर्थिक बर्षका ३ र यस बर्षका ५ गरेर ८ उजुरी मध्ये ५ ओटा फर्छयौट भइसकेका छन् भने ३ ओटा बाँकी रहेका छन् । सिगास गाउँपालिकाका गत आर्थिक बर्षका ८ र यस बर्षका ४ गरेर १२ उजुरी मध्ये ४ फर्छयौट भइसकेका छन् भने ८ ओटा बाँकी रहेका छन् । शिवानाथ गाउँपालिकाका गत आर्थिक बर्षका ३ र यो बर्षको एक गरेर ४ ओटा उजुरी अख्तियारमा परेका छन् । ४ ओटै उजुरी फर्छयौट हुन बाँकी रहेको अख्तियारले जनाएको छ ।
यस्तै पञ्चेश्वर गाउँपालिकाका गत आर्थिक बर्षका ६ र यस बर्षको एक गरेर ७ ओटा उजुरी मध्ये २ ओटा फर्छयौट भइसकेका छन् भने ५ ओटा फर्छयौट हुन बाँकी रहेका छन् । दोगडाकेदार गाउँपालिकाका गत आर्थिक बर्षका ८ र यो बर्षका ४ गरेर १२ ओटा उजुरी मध्ये ६ ओटा फर्छयौट भइसकेका छन् भने ६ ओटा बाँकी रहेका छन् । जिल्लाको डिलाशैनी गाउँपालिकाका गत आर्थिक बर्षका १८ र यो बर्षको एक गरेर १९ उजुरी मध्ये ८ ओटा फर्छयौट भइसकेका छन् भने ११ ओटा बाँकी रहेका छन् ।




