बैतडी- बैतडीको बाशुदेव आधारभूत विद्यालयले ७३ औँ वार्षिकोत्सव मनाएको छ। जिल्लाको सुर्नया गाउँपालिका वडा नं ३ तडीगाउँ स्थित बाशुदेव आधारभूत विद्यालयले ७३ बसन्त पार गरेर ७४ औँ वर्षमा प्रवेश गरेको खुसियालिमा विभिन्न साँस्कृतिक कार्यक्रम गरेर सोमबार ७३ औँ वार्षिकोत्सव मनाएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तर्कराज भट्टको सभाध्यक्षता तथा सुर्नया गाउँपालिका वडा नं ३ का अध्यक्ष शम्भु प्रशाद भट्टको प्रमुख आतिथ्यतामा साँस्कृतिक कार्यक्रम गरेर ७३ औँ वार्षिकोउत्सव सम्पन्न भएको विद्यालयका शिक्षक गौरी भट्टले जानकारी दिए ।
यस्तै वार्षिकोत्सव कार्यक्रममा प्रधानाध्यापक सुन्दर देव भट्टले ४६ लाख ३६ हजार ४ सय २५ रुपैँया बराबरको आयव्य प्रस्तुत गरेका छन् । वार्षिकोत्सव कार्यक्रममा विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको प्रधानाध्यापक भट्टले बताए ।
प्रधानाध्यापक भट्टका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तर्कराज भट्टको सभाध्यक्षतामा सम्पन्न वार्षिकोत्सब कार्यक्रममा जनप्रतिनिधि, शिक्षक,विद्यार्थी अभिभावक लगायत स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो ।
२००७ सालमा स्थापना भएको बाशुदेव आधारभूत विद्यालय जिल्लाकै पुरानो विद्यालय हो । यो विद्यालयमा पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले अध्यान तथा अध्यापन गरेका थिए । बाशुदेव आधारभूत विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरेका सुर्नया २ कुरकट्या घरभएका लोकेन्द्र बहादुर चन्द चार पटक देशको प्रधानमन्त्री भइसकेका छन् ।
कक्षा ८ सम्मको पढाइ हने बाशुदेव आधारभूत विद्यालयमा १०जना शिक्षक कर्मचारी कार्यरत रहेका छन भने १ सय जना विद्यार्थी अध्यानरत रहेका बताइएको छ ।




