बैतडी- बैतडीको मेलौली नगरपालिकाले फलफूलका विरुवा वितरण गर्ने भएको छ । कृषि शाखाको चालु आर्थि वर्ष ७९÷८० को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत हिंउदे फलफूलका विरुवा वितरण गर्ने तयारी भएको नगरपालिकाका कृषि अधिकृत अनिल प्रशाद पन्तले जानकारी दिए ।
कृषकहरुलाई ८० प्रतिशत अनुदानमा फलफूलका विरुवा वितरण गरिने उनले बताए । वार्षिक स्वीकृत कार्यक्रमबाट हिंउदे फलफूलका विरुवा वितरण गर्नका लागि सूचना जारी गरेकाले इच्छुक कृषकहरुलाई मागका आधारमा विरुवा वितरण गरिने उनले बताए ।
उनका अनुसार ओखर बिजु, ओखर कलमी, नास्पाती, स्याउ,कुलम, आरु, खुर्पानी र कागजी बदामका विरुवा वितरण गरिने छन् ।नागरिकहरुलाई फलफूलखेती तर्फ आर्कषि गर्ने उदेश्यले नगरपालिकाले प्रत्येक वर्ष अनुदानमा हिंउदे फलफूलका विरुवा वितरण गर्ने गरेको कृषि अधिकृत पन्तले बताए ।
एक हप्ताको सूचना निकालेर आवेदनका लागि आह्वान गरेका र मागका आधारमा कृषकलाई विरुवा वितरण गरिने उनले बताए । फलफूलका विरुवा वितरण गरिसकेपछि नगरपालिकाबाट अवलोकन गरे कृषकहरुलाई प्राविधिक सरसल्लाह समेत दिइने बताइएको छ ।




