Sagun Khabar
क्यान्सर पीडित मञ्जुको उपचारका लागि आर्थिक सहयोग संकलन हुँदै 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका ४ मेलडुङराकी २४ बर्षीया क्यान्सर पीडित मञ्जु भट्टको उपचारका लागि आर्थिक सहयोग संकलन हुन थालेको छ । २४ बर्षको कलिलो उमेरमै उनलाई पाठेघरको क्यान्सर भएको छ । 

क्यान्सरका कारण पाठेघरको अप्रेशनपछि किमो लगाउन उनलाई आर्थिक समस्या भएपछि आर्थिक सहयोग संकलन अभियान शुरु भएको हो । अभियान अन्तर्गत रोजगारीका सिलसिलामा विदेशमा रहेका नेपाली र स्वदेशमा रहेकाहरुले सहयोग प्रदान गरिरहेका छन् । 

दुई छोरीकी आमा समेत रहेकी मञ्जुको आर्थिक अवस्था निकै नाजुक भएपछि उनको जीवन रक्षाका लागि आर्थिक सहयोग संकलन अभियान शुरु गरिएको हो । 

मञ्जुले अहिले बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर हस्पिटलमा उपचार गराइरहेकी छन् । उनलाई किमो लगाउने गरिएको छ । 

मञ्जुलाई सहयोग गर्न चहानुहुने महानुभावहरुले मोबाइल नम्बर ९८६८३२२८०७ मा सम्पर्क गर्न सक्नुहुनेछ । यसका साथै नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड सतबाँझमा मञ्जु अवस्थी भट्टको नाममा रहेको खाता नम्बर ०६५०५०५०२७७७६१ मा सहयोग रकम जमा गर्न सक्नुहुनेछ । 

अहिले सम्म मञ्जुको उपचारका लागि सहयोग गर्ने महानुभावहरुको नामावली यसप्रकार रहेको छ –
१– चन्द्रकान्त अवस्थी – सुर्नया ०६ कोखेत, हाल बेङ्लोर –रू. २०००
२– राजेश अवस्थी सुर्नया ०६ कोखेत, हाल हैद्रावाद रू.१५००
३– भान बहादुर बिष्ट ,बिष्टपाली हाल नलगोंडा रू.१५००
४– बिष्णु अवस्थी सुर्नया ०६ कोखेत, हाल हैद्राबाद रू. २५०५
५.पवन कुमार ढक्का  हैद्राबाद रू.२०००
६– केशब राज अवस्थी धुलिधार हाल हैद्राबाद रू.१५००
८–भुवन अवस्थी धुलिधार हाल हैद्राबाद रू.१५००
८–पदम राज अवस्थी कोखेत कुनेटा हाल हैद्राबाद  रू.१२५०
९–हर्क बहादुर बिष्ट धुलिधार हाल नलगोंडा, भारत – रू.१०५५
१०–महेन्द्र  बिष्ट धुलिधार हाल नलगोंडा, भारत– रू.५५५
११–प्रेम बहादुर बिष्ट अर्कट्टे डाडालेक हाल वेस्ट बंगाल  रू.५५५
१२– लक्ष्मी दत्त अवस्थी कालागौडी ,हाल हैद्राबाद – रू.१५००
१३–केशब बहादुर बिष्ट कल्तडी  खोला हाल हिमांचल भारत रू.५००
१४–लक्ष्मी दत्त भट्ट कल्तडी गडान हाल हैद्राबाद –    रू.५००
१५– राम बहादुर बिष्ट धुलिधार हाल नलगोंडा भारत  –रू.१०५५
१६– नरेश अवस्थी सुर्नया ०६ खर्काधार –४१५१
१७– बिपिन गुप्ता बिरगंज – १०००
१८ – मनोरथ पाण्डे सुर्नया २ चिल्लापानी – २०००
१९ – प्रकाश भट्ट दोगडाकेदार चडेपानी – १०१०
२०– सिपि लोहिया द न पा ४ जर्ग – २०००
२१– चन्द्रकान्त अवस्थी सुर्नया ०६ खर्काधार – २०००
२२–सुरेश अवस्थी सुर्नया ०६ कोखेत – २०००
२३– जय बहादुर टेर द न पा ०१ जरकट्टे हाल कतार – २०००
सहयोग संकलन अभियानमा जुटेका सम्पूर्ण प्रति हृदय देखि धन्यवाद ।
सहयोग संकलन अभियानमा जुटेकाहरू
१– भान बहादुर बिष्ट सुर्नया ०५ हाल नलगोंडा भारत
२– बिष्णु अवस्थी सुर्नया ०६ , हाल हैद्रावाद 
३– जय बहादुर टेर द न पा ०१ जरकट्टे हाल कतार 
४ – लक्ष्मी भण्डारी कार्की 
५– जय राज अवस्थी सुर्नया ०६ – कुनेटा
 

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update