Sagun Khabar
अछाममा चरेश सहित दुईजना पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम- अछाममा चरेश सहित दुईजना पक्राउ परेका छन् । जिल्लाको साँफेबगरबाट प्रहरी नायव निरीक्षक दिलिप सिंह बिसीको कमाण्डमा खटिएको टोलीले १०१६ ग्राम लागुऔषध चरेस सहित  दुइजनालाई  पक्राउ गरेको  हो ।

गोप्य सूचनाको आधारमा घर खानतलासी गर्दा बाजुरा बुढीन्दा नगरपालिका १० पाण्डुलसेन घर भई हाल साँफैबगर नगरपालिका वडा नम्बर ३ टोटासालमा  भेडाबाख्रा पालन गर्दै आएका मिङमार थापाको छोरा ६० वर्षीय लाक्पा थापाबाट ८३८ ग्राम र थोक दोर्जेको श्रीमती ३५ वर्षीया धम्ब चेतोबाट १७८ ग्रामगरी जम्मा १०१६ ग्राम लागुऔषध चरेस सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

पक्राउ परेका दुवै  जना माथि अहिले  थप अनसुन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update