Sagun Khabar
डडेल्धुरामा ८ वर्षीय बालक खाल्डोमा पुरिएको आशंका

 डडेल्धुरा-  डडेल्धुरामा ८ वर्षीय बालक खाल्डोमा पुरिएको आशंका गरिएको छ। जिल्लाकाे आलीताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको हत्या गरेर खाल्डोमा पुरिएको आशंकामा प्रहरीले उत्खनन गरिरहेको हाे।

इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक गंगादत्त बडू नेतृत्वको प्रहरी टोली अहिले घटनास्थलमा पुगेर उत्खनन गरिरेको छ।बडूले शंकास्पद भनिएको घटनास्थल उत्खननका लागि जिल्लाबाट विज्ञको टोली मगाइ निकाल्ने काम भइरहेको बताए।

स्वास्थ्य सन्देश
Atrya hospital

उनको परिवारले समेत उनी हराएको प्रहरीलाई जानकारी दिएका थिएनन्। पुस २७ गते स्थानीयले बालक हराइरहेको सूचना प्रहरीलाई दिएका थिए। बालकका बुवा रोजगारीको सिलसिलामा भारतमा रहेका छन्।

प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update