Sagun Khabar
सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा डडेल्धुराका एकजना पक्राउ 

डडेल्धुरा –सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गरेको आरोपमा डडेल्धुराका एक जना पक्राउ परेका छन् । सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गर्दै आएका अमरगढी नगरपालिका वडा नम्बर १ मालमका सुरत तमोली पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पत्रकार महासंघ डडेल्धुराले निवेदन दिएपछि उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

पत्रकारको आत्मसम्मानमा ठेस पुग्ने र मानहानी हुने किसिमले पटकपटक स्टाटस लेख्ने र यहाँका पत्रकारलाई असुरक्षित बनाउने कार्य निरन्तर गर्दै आएकाले कानूनी कारवाहीको मागसहित महासंघले निवेदन दिएको थियो ।

तमोलीले यसअघि पनि पटकपटक जिल्लामा कार्यरत पत्रकारको चरित्र हत्या गर्ने गरी सामाजिक सञ्जालमा स्टाटस हाल्दै आएका थिए । पटकपटक सम्झाउँदा पनि नटेरेपछि बाध्य भएर निवेदन दिएको पत्रकार महासंघ डडेल्धुराका सचिव पुष्कर भण्डारीले जानकारी दिए ।
 

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update