Sagun Khabar
जोगबुढाबाट धनगढी जाँदै गरेको जिप खानीडाँडामा दुर्घटना 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –डडेल्धुराबाट धनगढी जाँदै गरेको जिप कैलालीको खानीडाँडामा दुर्घटना भएको छ । डडेल्धुराको जोगबुढाबाट धनगढी जाँदै गरेको सु.प.प्र ०१००१ ज १३६१ नम्बरको जिप शनिवार राति दुर्घटना भएको हो । 

दुर्घटनामा परेर जिप चालक बैतडीको पुर्चौंडी नगरपालिका –६ का ३१ बर्षीय ईश्वरदत्त पन्त र जिपमा सवार डडेल्धुराको परशुराम नगरपालिका –५ का ४१ वर्षीय लालबहादुर खड्का घाइते भएका छन् । 

घाइते दुवै जनाको अत्तरियाको पद्मा अस्पतालमा उपचार भइरहेको । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update